भारत र पाकिस्तानबीच युद्धको बारेमा उच्च सैन्य अधिकृत रोचकको जवाफ

२२ जेष्ठ २०७५, मंगलवार ०८:३२

जेठ २२, काठमाडौं । एजेन्सी

भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नरहेको पाकिस्तानका एक उच्च सैन्य अधिकृतले बताएका छन् ।

पाकिस्तानको रावलपिण्डीमा पत्रकार सम्मेलन गर्दै सेनाको सञ्चार विभागका प्रमुख मेजर जनरल आसिफ गफुरले दुवै मुलुक परमाणु शक्ति सम्पन्न भएकाले युद्धको कुनै सम्भावना नभएको बताएका हुन् ।

 

उनले भारतले नियन्त्रण रेखामा सन् २०१७ र २०१८ बीचमा सबैभन्दा बढी युद्धविराम उल्लंघन गरेको आरोप लगाए । सन् २०१७ मा सीमामा युद्धविराम उल्लंघन हुँदा ५२ जनाको मृत्यु भएको र २ सय ५४ जना घाइते भएको उनको दाबी थियो ।

 

जनरल गफूरले भारतले सन् २००३ मा भएको युद्धविराम सम्झौताको सम्मान गर्नु पर्नेमा जोड दिए ।