रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किए

२२ जेष्ठ २०७५, मंगलवार ०७:३२

जेठ २२, काठमाडौं । एजेन्सी

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन् ।

युरोकपको उपाधि विजेता पोर्चुगललाई यसपटक विश्वकपमा बलियो टिमका रुपमा हेरिएको छ ।

 

रोनाल्डोले अहिलेसम्म राष्ट्रिय जर्सिमा लगातार सात प्रतियोगितामा देशका लागि गोल गरेका छन् । पोर्चुगलले जुन १५ मा स्पेनसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

 

विश्वकप अघि पोर्चुगलले बिहीबार अल्जेरीयासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । पछिल्ला तीन विश्वकप र चार युरोपियन च्याम्पियनसिपमा रोनाल्डोले पोर्चुगलका लागि प्रेरणादायी प्रदर्शन गरेका छन् ।

 

रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रेमीकासँगको डेटिङमा रहेका रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षण शिविरमा फर्किएका हुन् ।