जेठ २२, काठमाडौं ।
हिजो प्रतिपक्षी ८ बिद्यार्थी संगठनको तर्फबाट पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई ज्ञापनपत्र पेश गरेका छन । उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले `तपाईंहरूका अधिकाश मागहरू जायज छ्न यो पूरा गर्न म प्रतिबद्ध छु ।´ (अखिल क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले जानकारी दिए ।
उक्त भेटमा मन्त्री यादवले पेट्रोलियम पदार्थको माग धेरै र भणडार क्षमता कम भएको कुरा बताए । त्यसै गरि उनले भने `पहिलेका मन्त्रीले पेट्रोल पम्पको अनुमती दिदा १० लाख घुस लिएर अनुमती दिने गरेका थिए त्यसै गरि ट्यांकरको अनुमति दिदा पनि घुस लिने गरेका थिए ।’
अहिले उनलाई आयल निगमको महाप्रबन्धक बनाइदिन १० करोड दिने अफर आएको तर उनले खुला प्रतिस्पर्धा बाट छान्ने कुरा बताए ।
साथै उनले अब महाप्रबन्धक ४ बर्ष लाई नहुने ब्यवस्था मिलाएर मन्त्रीले चाहेको बेला जति बेला पनि निकाल्न सकिने गरि नियुक्त गर्ने र विद्यार्थी नेताहरूले पनि भ्रष्टाचार विरुद्धमा र अनुगमनमा सहयोग गर्न आग्रह गरे ।
त्यसैगरी आन्दोलनरत ८ विद्यार्थी संगठनहरुले सरकार उल्टो गतिमा हिडेकाे भन्दै बागबजार देखी प्रदर्शनीमार्ग सम्म उल्टो हिड्दै साङ्केतिक बिरोध प्रदर्शन गरेका छ्न ।
