जेठ २०, काठमाडौं ।
सोनाक्षी सिन्हा, जो बलिउडमा आउनुअघि ‘हिरोइन’ जस्ती थिइनन् । उनको शरीर अस्वभाविक मोटो थियो । तर, सलमान खानले उनलाई आफ्नो होम प्रोजेक्ट ‘दबंग’का लागि अफर गरे ।
९० केजी तौलकी मोटी सोनाक्षीले आफुलाई हिरोइनमा रुपान्तरण गर्न शरीरको थुप्रै बोसो पगालिन् । उनले करिब ३० केजी तौल घटाइन् । र, हिरोइनको लागि फिट भइन् ।
३१ बर्षमा पुगिन्
दबंग गर्ल सोनाक्षी सिन्हाले हिजो शनिवार ३१ औं जन्मदिनको केक काटेकी छिन् । २ जुन १९८७ मा जन्मिएकी उनी यस्ता अभिनेत्री हुन्, जसले एकपछि अर्को हिट फिल्म दिइन् ।
सोनाक्षीले कस्ट्युम डिजाइनरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले फेसन डिजाइनिङमा ग्राजुएट गरेकी हुन् । उनले २००५ मा फिल्म ‘दिल लेके देखो’का लागि कस्ट्युम डिजाइन गरेकी थिइन् । सोनाक्षी मोडलिङ पनि गरिसकेकी छिन् । सन् २००८ र २००९ मा उनले लेक्मी फेसन विकका लागि र्याम्प वर्क गरिसकेकी छिन् ।
बलिउडमा डेब्यु गर्नुअघि सोनाक्षीको तौल ९० बिलो थियो । फिल्म ‘दबंग’मा एक गाउँका युवतीको भूमिमा फिट हुने भएकाले सोनाक्षीलाई ३० किलो तौल घटाउन लगाइयो । यति तौल घटाउनका लागि उनलाई करिब २ बर्ष लाग्यो ।
तौल कम गर्नका लागि सलमानले सोनाक्षीलाई एकदमै सहयोग गरे । उनले सोनाक्षीलाई खुब पैदल हिँडाउने गर्थे । हुन त उनका पिता सत्रुध्न सिन्हा छोरीलाई फिल्म क्षेत्रमा आएको हेर्न चाहँदैनथे । तर, जब सलमानले जिद्दी गरे, तब उनी पग्लिए ।
सोनाक्षीले आफ्ना पितासँग वाचा गरेकी थिइन् कि, उनले आफ्ना परिवारको इज्जतको पुरा ख्याल राख्नेछन् । त्यही कारण उनले फिल्ममा अहिलेसम्म बिकिनी लगाएकी छैनन्, न त किसिङ सिन नै दिएकी छिन् । फिल्म साइन गर्नुअघि नै उनी निर्माता र निर्देशकसँग यो कुरामा स्पष्ट गर्छिन् ।
