नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति कार्यालय सचिवको निधन

२० जेष्ठ २०७५, आईतवार ०६:२५

जेठ २०, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ ।

भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो ।

 

बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको थियो । हस्पिटल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

 

अधिकारी बिर्तामोडस्थित महानन्दचोकमा बस्दै आउनुभएको थियो । अधिकारी तत्कालीन माओवादी केन्द्रको विगत १० वर्षदेखि कार्यालय सचिव रहनुभएको थियो । अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

 

शालीन, भद्र र मिलनसार स्वभावका अधिकारी पार्टीमा ‘काका’ उपनामबाट परिचित थिए । अधिकारीको आज दिउँसो १ बजे कनकाई नदीमा दाहसंस्कार गरिने नेकपा झापाले जनाएको छ ।