जेठ २०, काठमाडौं ।
संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७५–०७६ को बजेटबारेमा उठेका प्रश्नको अर्थमन्त्री डा. युवराज खतिवडाले आज जवाफ दिँदैछन् ।
सांसदहरूले धारणा राखिसेकपछि अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यक्रम छ ।
प्रतिनिधिसभामा वार्षिक बजेटबारे आज पनि धारणा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभामा शुक्रबार सकिएको छलफल प्रतिनिधिसभामा आज सकिने भएको हो ।
अर्थमन्त्रीले जवाफ दिएपछि बजेटमाथिको सैद्धान्तिक छलफल सकिने छ ।
सैद्धान्तिक छलफलपछि संसदमा फेरि मन्त्रालयगत रूपमा बजेटका शीर्षकमाथि छलफल शुरु हुने छ ।
