जेठ २०, काठमाडौं । एजेन्सी
स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयको जी सेभेनको बैठकमा कडा आलोचना भएको छ ।
अमेरिकाको उक्त निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूले यस्तो आलोचना गरेका हुन् ।
जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै रहेको चेतावनी दिँदै सकिएको थियो ।
क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने फ्रान्सले केही दिनमै व्यापार युद्ध शुरू हुनसक्ने अवस्थातर्फ ध्यानाकर्षण गराएको थियो ।
