उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र चाखलाग्दो

२० जेष्ठ २०७५, आईतवार ०५:१२

जेठ २०, काठमाडौं । एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच तय भएको वार्ता निर्धारित मिति मै हुने भएको छ । दुई नेताबीच जुन १२ मा सिंगापुरमा वार्ता तय भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता उनसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर बैठक पूर्वनिर्धारित समयमै हुने बताएका हुन् ।

 

एकजना उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा भेटेपछि उनले यस्तो बताएका हुन् ।

 

किम यङ–चोलले उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए ।

 

शुरूमा ट्रम्पले त्यो पत्र निकै चाखलाग्दो भनेर व्याख्या गरे । तर पछि उनले पत्र खोलि नसकेको बताए ।