नेपाल–भारत सीमा क्षेत्र सुरक्षाको बैठक शुरु हुँदै

२० जेष्ठ २०७५, आईतवार ०५:०६

जेठ २०, काठमाडौं ।

नेपाल–भारत सीमा क्षेत्र सुरक्षा अधिकारीको बैठक आज झापामा शुरु हुँदैछ ।

नेपालका तर्फबाट मोरङ, सुनसरी र झापामा सुरक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा नापी र सहरी विकासका अधिकारीहरूको सहभागीता रहने छ भने भारतको तर्फबाट अररिया, किसनगन्ज र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूको उपस्थिती रहने छ ।

 

झापाको चन्द्रगढीमा बिहान ११ बजेदेखि बैठक शुरु हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

 

प्रमुख जिल्ला अधिकारी सहितको टोली र सुरक्षा अधिकारीहरूको बैठकपछि ३ जिल्लाको सुरक्षाको अवस्थाको बारेमा साझा धारणा सार्वजनिक हुने जनाइएको छ ।