शिक्षा र स्वास्थ्यलाई सर्बशुलभ बनाउन शैक्षिक हडतालको घोषणा

१८ जेष्ठ २०७५, शुक्रबार ०८:१५

जेठ १८, काठमाडौं ।

आज प्रज्ञा भबन कमलादीमा संयुक्त प्रतिपक्षी विद्यार्थीको आयोजनामा व्यापक अन्तरक्रिया र आन्दोलन घोषणा कार्यक्रम सप्पन्न भएको छ ।

सो कायक्रममा अखिल (क्रान्तिकारी) अध्यक्ष आलोक रायमाझीले बर्तमान सरकारले समाजवादी शिक्षाको मजाक बनाएको आरोप लगाए साथै जस्तोसुकै परिस्थितिमा पनि शिक्षा र स्वास्थ्यलाई निशुल्क र सर्बशुलभ बनाएरै छाडिने उदघोष गरे, त्यसै गरि बिप्लब निकट क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले शिक्षा क्षेत्रमा भएको बदमासी नरोकिए कडा आन्दोलन गर्ने कुरा राखे त्यसै गरि नयाँ शक्ति विद्यार्थी अध्यक्ष श्याम बाबू गौतमले शिक्षाको ब्यापार रोक्नु पर्ने कुरा राखे ।

 

सो कार्यक्रममा शिक्षाबिध प्रा. डा बिद्या नाथ कोइराला, शिक्षा मन्त्रालयका सह सचिव डा हरि अधिकारी, प्याब्सन महासचिव राजेन्द्र बानियाँ लगाएतले बिषय राखेका थिए ।

 

संयुक्त विद्यार्थी आन्दोलन समितिले यहीँ २१ गते आम शैक्षिक हडतालको घोषणा गरेको छ ।