रामपुर जाँदै गरेको बस दुर्घटना

१८ जेष्ठ २०७५, शुक्रबार ०८:०७

जेठ १८, काठमाडौं ।

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका-४, होमिनमा दुर्घटना भएको हो ।

बसमा १७ जना यात्रु रहेको बताइ पनि विस्तृत विवरण आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाले दुर्घटनाको पुष्टि गर्दै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको जनाएको छ ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।