बस दुर्घटनामा १८ घाइते

१८ जेष्ठ २०७५, शुक्रबार ०५:१२

जेठ १८, काठमाडौं ।

काठमाडौंबाट विराटनगरका लागि छुटेको बस चितवनमा दुर्घटना भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

 

ना ६ ख १३३२ नम्बरको बस बिहीबार राति १ बजे चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको त्रिनेत्र पेट्रोल पम्प अगाडि सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

 

घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको चितवन प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।