६ किलो गाँजासहित एक जना पक्राउ, करिब ५ हजार लिटर घरेलु मदिरा नष्ट

३१ जेष्ठ २०७५, बिहीबार ०८:११

जेठ ३१, काठमाडौं ।

प्रहरीले बाराबाट ६ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ बस्ने ५५ वर्षीय समसुद्दिन अन्सारी रहेका छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ को सडकमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले चकरी गाउँतर्फबाट अमलेखगञ्ज चौकतर्फ आइरहेका उनको साथबाट ६ किलो गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले उनीमाथि लागूऔषध मुद्दा चलाएको छ । बारा जिल्ला अदालतले उनलाई प्रहरी हिरासतमा राख्न ७ दिन म्याद थप गरेको छ ।

त्यसैगरी, प्रहरीले बारामा ५ हजार लिटर मदिरा नष्ट गरेको छ । प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाई कार्यालयबाट खटिएका प्रहरी टोलीले बारा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको मदिरा नष्ट गरिएको हो ।

अवैध रुपमा संचालनमा रहेका भट्टीहरु हटाउने क्रममा प्रहरीले बरामद गरेको झन्डै ५ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।