शाखा अधिकृत ढुंगाना ५० हजार घुस लिँदालिँदै पक्राउ

१ असार २०७५, शुक्रबार १२:०५

असार १, काठमाडौं ।

वैदेशिक रोजगार विभाग, बुद्धनगरका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार दिउँसो ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको अख्यिारले जनाएको छ ।