विश्वकप फुटबलमा तीन खेल हुँदै, आयोजक रुसले इजिप्टसँग खेल्ने

५ असार २०७५, मंगलवार ०७:०९

असार ५, काठमाडौं ।

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मोर्डोभिया एरिनामा हुनेछ ।

समूह ‘एच’ अन्तर्गतकै अर्को खेलमा पोल्याण्डले सेनेगलको सामना गर्नेछ । मस्कोमा रहेको स्पार्टक रंगशालमा नेपाली समय अनुसार राति पौने ९ बजे दुई टोलिबीच प्रतिस्पर्धा हुनेछ ।

अर्को खेलमा आयोजक रुसले इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेका यी दुई देशको यो समूह चरणको दोस्रो खेल हो । खेल राति पौने १२ बजे सेन्ट पिटर्स बर्गमा हुनेछ ।