रियलमड्रिडको नयाँ प्रशिक्षकमा जुलेन लोपेटेगी

३० जेष्ठ २०७५, बुधबार ०५:५९

जेठ ३०, काठमाडौं ।

रियलमड्रिडको प्रशिक्षकमा जुलेन लोपेटेगी नियुक्त भएका छन् ।

हाल उनी स्पेनको प्रशिक्षक छन् र विश्वकपका लागि रुस पुगेका छन् । त्यही बेला रियल मड्रिडले लोपेटेगीलाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेका हुन् ।

 

लोपेटेगीले तीन वर्षे सम्झौता गरेका हुन् । जुन १०१६ मा स्पेनको प्रशिक्षक हुनु अघि उनी २ वर्ष पोर्टोको प्रशिक्षक थिए ।

 

५१ वर्षीय लोपेटेगीले विश्वकपपछि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने रियल मड्रिडले जनाएको छ ।

 

रियलका प्रशिक्षक जिनेदान जिदानले हालै मात्र राजीनामा दिएका थिए ।