मदिरामाथि प्रतिबन्ध लगाइएपछि दुग्धजन्य पदार्थको खरिदमा वृद्धि

२ असार २०७५, शनिबार ०१:५८

असार २, काठमाडौं । एजेन्सी

भारतको बिहारमा मदिरामाथि प्रतिबन्ध लगाइएपछि यसको सफलताका विषयमा बहस चलिरहेको छ । सरकारले यो सफल भएको बताउँदै गर्दा विपक्षीले अनेकौं प्रश्न उठाएको छ ।

रक्सीमा प्रतिबन्ध लगाइएपछि दुग्ध उद्योगलाई भने धेरै फाइदा भएको छ । पटनाको विकास प्रबन्धन संस्थानले गरेको एक अनुसन्धानले सन् २०१७÷१७ मा पहिलेको तुलनामा दुग्धजन्य पदार्थको खरिदमा १७.५ प्रतिशत वृद्धि भएको छ ।

फ्लेभर्ड मिल्क, लस्सी र दहीको खपतमा अत्यधिक वृद्धि भएको देखिन्छ । अनि महको बिक्री ३८० प्रतिशतले बढेको छ र पनीरको बिक्रीमा पनि २०० प्रतिशतको वृद्धि छ ।

मदिरालतीहरूले पैसा अन्य कुरामा खर्च गर्न थालेको पनि अनुसन्धानले देखाएको छ । दुग्धजन्य पदार्थबाहेक महंगा सारीको बिक्री १७१५ प्रतिशत, लत्ताकपडा ९१० प्रतिशत र खानेकुरामा ४६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०११ मा रक्सीमा प्रतिबन्ध लगाउँदा राज्यमा ४४ लाख जँड्याहा थिए । एक व्यक्तिले एक महिनामा औसतमा एक हजार भारु खर्च गर्थे । यसको आधारमा हेर्दा हरेक महिना कमसेकम ४४० करोड रुपैयाँ बचेको छ ।

पटनाको एसियन डेभलपमेन्ट रिसर्च इन्स्टिच्युटको अनुसन्धानले पनि रक्सीको प्रतिबन्धले अपराधमा कमी ल्याएको देखाएको छ । यसमुताबिक, अपहरणमा ६६.६ प्रतिशत, हत्यामा २८.३ प्रतिशत र डकैतीमा २२.८ प्रतिशतले कमी आएको छ ।