पोर्चुगल र स्पेनबीचको खेल ३-३ काे बराबरी, चम्किए क्रिष्टियानो रोनाल्डो

२ असार २०७५, शनिबार ०१:५२

असार २, काठमाडौं । एजेन्सी

विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ ।

पोर्चुगलको कप्तान समेत रहेका क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । ह्याट्रिक पूरा गर्ने क्रममा उनले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत पहिलो गरे । यस्तै खेलको ४४ औं मिनेटमा अर्को गोल थपेका उनले ८८ औं मिनेटमा फ्रिकिकमार्फत आकर्षक गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

योसँगै उनले क्लब र पोर्चुगाली राष्ट्रिय टिमबाट गरी ५१ औं ह्याट्रिक समेत पूरा गरेका छन् ।

यता स्पेनका लागि डिएगो कोस्टाको २ गोल गरे भने नाचोले एक गोल गरे ।

कोस्टाले खेलको २४ औं र ५५ औं मिनेटमा टीमको लागि गोल गरे भने नाचोले पनि ५८ औं मिनेटमा अर्को गोल गरेका हुन् । नाचाले स्पेनलाई ३–२ को अवस्थामा पुराएको बेला रोनाल्डोले ८८ औ मिनेटमा फ्रिकिकबाट बराबरी गोल गरेका हुन् ।

त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो ।

समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो ।