पूर्वराजा ज्ञानेन्द्र नर्भिक अस्पताल पुगे

३ असार २०७५, आईतवार ०५:३३

असार ३, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । शाह नियमित स्वास्थ्य जाँचका लागि अाइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र मुटुका बिरामी हुन् । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो ।

 

नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

 

राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको जानकारी दिए ।

 

‘उहाँले मुटुको नियमित चेकजाँच गर्दै आउनु भएको छ, त्यसैका लागि नर्भिकमा जानुभएको हो, थप समस्या भएर होइन,’ पाठकले भने ।