पत्रकारिताको सुरक्षाका विषयमा भारत सरकारको व्यापक आलोचना

६ असार २०७५, बुधबार ०८:१९

असार ६, काठमाडौं । कान्तिपुर

जम्मु–कश्मीर राज्यको राजधानी श्रीनगरका वरिष्ठ पत्रकार सुजात बुखारीको हत्या प्रकरणसँगै पुनः एकपटक भारतमा प्रेस स्वतन्त्रता तथा पत्रकारिताको सुरक्षाका विषयमा चर्चा शुरु भएको छ ।

समाजिक सञ्जालका भित्ताहरुमा उनीप्रति श्रद्धाञ्जलीका शब्दहरुसँगै पत्रकारको सुरक्षाबारे चिन्ताहरु प्रकट गरिनुका साथै सरकारको समेत व्यापक आलोचना भएको छ ।

 

श्रीनगरबाट प्रकाशित हुने राइजिङ कश्मीरका प्रधान सम्पादक बुखारीको पक्षमा देखिएको समर्थनलाई उनको निर्भीक र निष्पक्ष पत्रकारिताको कदरका रुपमा मात्र नभएर पछिल्ला वर्षमा भारतमा पत्रकारितामाथि बढ्दो भौतिक आक्रमणको विरोधका रुपमा पनि हेरिएको छ ।