नेपाली कांग्रेसले गरे संसद बैठक बहिस्कार

४ असार २०७५, सोमबार १०:५२

असार ४, काठमाडौं ।

बजेटप्रति असहमति जनाउँदै प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद वैठक बहिस्कार गरेको छ ।

सोमबार दिउँसो १ बजे बसेको बैठकमा कांग्रेस सांसद डिल्ली चौधरीले सरकारले प्रस्तुत गरेको बजेट असमान भएको भन्दै विरोध जनाएपछि कांग्रेसका सांसदले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

 

सभामुख पूर्णबहादुर घर्तीले संसदको बैठक अगाडि बढाउन पटक-पटक आग्रह गर्दा समेत कांग्रेस सांसदले सभामुखको आदेश नमानेपछि उनीहरू बैठक नै बहिस्कार गरी बाहिरिएका छन् ।

 

कांग्रेस सचेतक निर्मला क्षेत्रीले आफूहरूले उठाएका मागहरू संसदमा मुख्यमन्त्रीले सम्बोधन नगर्दासम्म बैठक अवरुद्ध गर्ने बताइन् ।

‘सरकारले ल्याएको बजेट कहिँ धेरै, कहिँ खाली’ जस्तै छ, यसले विकास हुदैन, यस्तो हामीलाई स्वीकार्य छैन’, उनले भनिन् ।

माग सम्बोधन नभएसम्म बैठकमा सहभागि नहुने कांग्रेसको अडान छ ।