तीन देशले आयोजना गर्ने भए सन् २०२६ को विश्वकप फुटबल

३० जेष्ठ २०७५, बुधबार ११:१४

जेठ ३०, काठमाडौं ।

२०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो ।

फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् ।

२०२२ को विश्वकप कतारमा हुनेछ ।