ट्रम्प र उत्तर कोरियाली नेता किम सिंगापुरको सेन्तोसा आइल्याण्डमा हुने

२३ जेष्ठ २०७५, बुधबार ०४:४८

जेठ २३, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डमा हुने भएको छ ।

दुई नेताबीच सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता हुने हृवाइट हाउसले जनाएको छ । ट्रम्प-किम १२ जुनमा विहान ९ बजे भेट्दैछन् ।

 

सिंगापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ । यसमा सेन्तोसा आइल्याण्ड पनि परेको छ ।

 

आइल्याण्डको दक्षिण पश्चिमी तटको करिव एक किलोमिटर विशेष क्षेत्रमा पर्छ ।

 

सिंगापुर सरकारले सुरक्षा कडा बनाएको छ । ट्रम्प र किमको भेटवार्ता स्थलको सुरक्षा भने गोर्खा प्रहरीले गर्ने छन् ।