चीनले दियो निजी कम्पनीलाई रेल परियोजना चलाउने स्वीकृति

२३ जेष्ठ २०७५, बुधबार ०६:५९

जेठ २३, काठमाडौं । एजेन्सी

चीनले पूर्वी प्रान्त झेजियाङका दुई शरहका जोड्ने बाटोमा एक निजी कम्पनीलाई पहिलो तीव्र गति रेल परियोजनालाई स्वीकृति दिएको छ ।

कुल २२६.५६ किलोमिटर लामो र ३५० किलोमिटर प्रतिघन्टाको अधिकतम गति भएको प्रस्तावित रेलवे परियोजनामा दुई शहर शाओशिङ र ताइझूलाई रेलमार्गबाट जोडिनेछ ।

 

सरकारी समाचार संस्था सिन्ह्वाले दिएको खबर दिएअनुसार, परियोजनामा तीनवटा निजी कम्पनीहरू, सरकारी चाइना रेलवे र झेजियाङ कम्युनिकेसन इन्भेस्टमेन्ट ग्रूप कम्पनी लिमिटेड र स्थानीय सरकारले संयुक्त रूपमा लगानी गर्नेछ ।