उत्तर कोरियाका किम शशंकित भएपछि अमेरिकाको पेन प्रयोग गरेनन्

३० जेष्ठ २०७५, बुधबार ०९:५२

जेठ ३०, काठमाडौं । डेली मेल

कुनै समय एकले अर्कोलाई देख्न नसक्ने अमेरिका र उत्तर कोरियाबीच मंगलबार वार्ता हुन लाग्दा समेत धेरैले सफल हुनेमा शंका व्यक्त गरिरहेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोन उनको भेटवार्तालाई ऐतिहासिक भनिएको छ ।

तर यो भेटवार्तामा यस्तो अवस्था आयो जसबाट पत्ता लाग्छ कि दुई नेता एक अर्काको व्यवहारलाई लिएर शशंकित बनेका छन् ।

यो भेटवार्ताको सवैभन्दा महत्वपूर्ण विषय भने दुई नेताद्वारा दुई देशको सम्बन्धलाई राम्रो बनाउनका लागि एक समझदारी पत्रमा गरिएको हस्ताक्षर । तर यस बीच एक घटना घट्यो जसबाट पत्ता लाग्छ कि यस भेटवार्तामा उत्तर कोरियाका शासक किम जोन उन हरेक पाइला सोच विचार गरेर अगाडि बढाइरहेका थिए ।

यस्तोमा जब समझदारीमा हस्ताक्षर गर्ने पालो आयो तब दुई नेताका अगाडी एक पेन राखिएको थियो । अमेरिकाको तर्फबाट राखिएको यो पेनलाई उत्तरका एक सुरक्षा अधिकारीले राम्रोसँग सफा गरे ।

यसबाट पनि किमलाई भरोसा भए । उनले उक्त पेनलाई हातपनि लगाएनन् । त्यसपछि किमकी बहिनीले आएर एक पेन दिइन् जसलाई किमले दस्तावेजमा सही गर्न प्रयोग गरे ।

किमले पेन सफा गरेर पनि किन प्रयोग गरेनन् भन्ने कुराको बारेमा बेलायती पत्रिका डेली मेलमा समाचार प्रकाशन भएको छ । डेलिमेलका अनुसार किम आफ्नो डीएनए सार्वजनिक हुने डरमा थिए । यात किमलाई पेनमा विष प्रयोग भएको हुनुसक्ने डर थियो ।

यो पेन अमेरिकाको तर्फबाट दस्तावेजमा सही गर्नका लागि राखिएको थियो । किमले सिंगापुर जाँदा ट्वाइलेट पनि सँगै लगेका थिए । किम आफ्नो दिशाको जाँच नहोस् भन्ने चाहन्थे ।