अष्ट्रियासँग विश्व विजेता जर्मनी पराजित

२० जेष्ठ २०७५, आईतवार ०६:०६

जेठ २०, काठमाडौं ।

विश्वकपको तयारीस्वरुप गएराति खेलिएको मैत्रीपूर्ण खेलमा विश्व विजेता जर्मनी पराजित भएको छ । अष्ट्रियाले जर्मनीलाई २–१ गोलले पराजित गरेको हो ।

विश्वकप फुटबल शुरु हुन ११ दिन बाँकी रहँदा त्यसको तयारी पनि तीव्र पारिएको छ । रुसका विभिन्न १० रंगशालामा हुने विश्वकपका लागि अहिले सबै ३२ टोली अन्तिम तयारीमा व्यस्त छन् ।

 

गएराति नै भएको अर्को खेलमा इंग्ल्याण्डले नाईजेरियालाई २–० ले हराउँदा बेल्जियम र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।

 

यसैगरी आयरल्याण्डले अमेरिकालाई २–१ ले हराउँदा नर्वेले आईसल्याण्डमाथि ३–२ को जित निकालेको छ । डेनमार्क र स्विडेनले भने गोलरहित बराबरी खेलेका छन् ।

 

गएराति भएका अन्य खेलहरुमा चीनले थाईल्याण्डलाई २–० ले हराउँदा केन्याले न्युजिल्याण्डलाई २–१ ले, लात्भियाले ईस्टोनियालाई १–० ले तथा स्लोभेनियाले मोन्टेनेग्रोलाई २–० ले हराएका छन् ।