अमेरिकी अधिकारीमाथि चीनसँग आठ लाख अमेरिकी डलर घूस खाएको आरोप

२२ जेष्ठ २०७५, मंगलवार ०७:४५

जेठ २२, काठमाडौं । एजेन्सी

अमेरिकी जासूसी निकायका एक अधिकारीमाथि चीनलाई गोप्य रहस्य बेचेर आठ लाख अमेरिकी डलर खाएको आरोप लागेको छ ।

अमेरिकाको जस्टिस डिपार्टमेन्टका अनुसार, युटाहस्थित साइराक्युजनिवासी रोन रकवेल हनसेनलाई शनिवार वाशिङटनमा हिरासतमा लिइयो ।

 

उनी अमेरिकाका गोप्य सूचनाहरू लिएर चीन जानका लागि सिएटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

 

मन्डारिन र रुसी भाषा धाराप्रवाह बोल्ने हनसेनलाई सन् २००६ मा केस अफिसरका रूपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा भर्ती गरिएको थियो ।

 

चीनमा एक व्यावसायिक कार्यालयबाट हानसेनले चिनियाँ जासूसी विभागसँग सम्पर्क गरेको र डबल एजेन्टका रूपमा डीआईए र एफबीआईका लागि काम गरेको आरोप छ ।