कस्मेटिक चकलेटसँगै फ्रिज तथा भ्याकुम क्लीनर आदिको भाउ महंगिने

१६ जेष्ठ २०७५, बुधबार ०८:१५

जेठ १६, काठमााडौं ।

नयाँ बजेटसँगै चकलेटसँगै कस्मेटिक र खेलानाको मूल्य बढ्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०६५/०६६ को बजेटमा चिनीबाट बनेका र कोका मिसिएका आयातित चकलेटमा ५ प्रतिशत अन्तः शुल्क लगाउने घोषणा गरेको हो ।

देशमै उत्पादित कोका मिसिएका चकलेटमा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्नेछ । तर, देशमै उत्पादित चिनीबाट बनेका चकलेटमा भने अन्तः शुल्क लाग्ने छैन ।
योसँगै चकलेटको भाउ केहि बढ्ने देखिएको छ ।

फ्रिज तथा भ्याकुम क्लीनरमा पनि ५ प्रतिशत अन्तः शुुल्क लाग्ने भएको छ । यसअघि दुबैमा अन्तः शल्क थिएन ।

यदि २० हजारको फि्रज थियो भने अन्तः शुल्क ५ प्रतिशत लाग्दा एक हजार मूल्य बढ्नेछ ।

यसैगरी दालमोट, भुजिया र अन्य ड्राइफुडमा समेत ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएको छ । मंगलबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आयातित तयारी मासुमा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्नेे जानकारी दिएका छन् ।

कस्मेटिक सामान र आयातित खेलौनामा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएको छ । यसले आयातित खेलौना र कस्मेटिक सामानको मूल्य बढ्ने भएको छ ।

वि.सं. २००८ मा नेपालको पहिलो बजेटसँगै आर्थिक ऐनद्वारा अन्त शुल्क लगाउन सुरु गरिएको थियो ।

अहिले अन्तः शुल्क ऐन, २०५८ तथा अन्तः शुल्क नियमावली २०५९ मार्फत सरकारले यस्तो अन्तः शुल्क उठाउँदै आएको छ ।