बाजी खेलाउनेमा गुण्डा नाइके लामाको संलग्नता, लामा भने फरार

१५ जेष्ठ २०७५, मंगलवार ०९:५२

जेठ १५, काठमाडौं ।

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वफुटबलर अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।

लामा भने फरार छन् । उनको खोजी भइरहेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले जनकारी दिए ।