जेठ ११, काठमाडौं ।
संघीय सरकारले गणतन्त्र दिवसमा सार्बजनिक विदा काटेपछि आलोचना भैरहेका बेला प्रदेश ५ सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारले प्रदेश अन्तर्गत रहेका १२ जिल्लामा जेठ १५ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारले तीनदिनसम्म दीपावली तथा रचनात्मक कार्यक्रम गरी दिवस मनाउने जानकारी दिएको छ ।
जेठ १४,१५ र १६ साँझ सरकारी कार्यालय संघसंस्था तथा निवास दिपावली गरिने मन्त्री स्तरीय निर्णय भएको मन्त्रालयका सचिब प्रेम भट्टराईले जानकारी दिए ।
दिबस मनाउन मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा २५१ सदस्यिय मूल समिति गठन गरिएको छ ।
१४ गते मर्चबारमा स्वास्थ्य शिबिर,१५ गते बुटवलको बसपार्कबाट गणतन्त्र पार्कसम्म (बुटवल मण्डप) प्रभातफेरि गरी मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
