लालबाबु पण्डितको सम्पत्ति विवरण सार्वजनिक, सवारी साधनका एक थान मात्र पुरानो साइकल

९ जेष्ठ २०७५, बुधबार ०८:०१

जेठ ९, काठमाडौं ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ ।

पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

 

जसमा सवारी साधनमा पुरानो एक थान साइकल रहेको उल्लेख छ ।विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ ।

 

ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।