घाँस काट्न जाँदा गैंडाको आक्रमणमा परी घाइते

७ जेष्ठ २०७५, सोमबार १०:१६

जेठ ७, काठमाडौं ।

पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका १० मंगलपुरस्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ५५ वर्षीय पदमबहादुर तामाङ गैंडाको आक्रमणमा परी घाइते भएका हुन् ।

 

दाहिने खुट्टामा चोट लागेका तामाङको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।