कमल थापाले भाजपाका सांसद किती आजदको अभिब्यक्ति प्रति कडा आपति जनाए

२८ बैशाख २०७५, शुक्रबार ०९:५६

वैशाख २८, काठमाण्डौ ।

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले भारतीय जनता पार्टीका सांसद किर्ती आजादले गरेको टिप्पणीप्रति कडा आलोचना गरेका छन् । भाजपा सांसद एवम् पूर्व क्रिकेटर समेत रहेका आजादले जनकपुरको मिथिला क्षेत्रलाई भारतले फिर्ता माग्नुपर्ने अभिव्यक्ति प्रति उनले कडा आपत्ति जनाएका हुन् ।

अध्यक्ष थापाले उनले दिएको सो अभिव्यक्तिले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि आँच पुग्ने भन्दै त्यसको घोर भत्र्सना गरेका छन् । आजादको अभिव्यक्ति आएलगत्तै ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्ः ‘भारतीय प्रम मोदीको नेपाल भ्रमणको समयमानै एक भारतीय सांसद किर्ती आजादले सामाजिक सञ्जालमार्फत नेपालको सार्वधभौमिकता र अखण्डतामा आँच पुग्ने गरी व्यक्त गरेका विचारको घोर भत्र्सना गर्दछु ।’

सांसद आजदले भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमै रहेका बेला मोदी बिहारका मुख्यमन्त्री नितिशकुमारसँग २ सय वर्षअघि भएको सन्धिको समय सकिएकोले अब जनकपुर क्षेत्रलाई फिर्ता माग्न आग्रह गरेका थिए ।