नरेन्द्र मोदीलाई देख्नको लागि एकाबिहानै लाइनमा

२८ बैशाख २०७५, शुक्रबार ०४:५८

वैशाख २८, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देख्न एकाबिहानै मानिसहरु लाइन बसेका छन् ।

उनलाई आज जनकपुरमा नागरिक अभिनन्दन गरिँदैछ । दुई दिने राजकीय भ्रमणका क्रममा मोदी आज विहान पटनाबाट सिधै जनकपुर आउादै छन् ।

उनले जानकी मन्दिरमा पूजा गरेर लगतै रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम हुने छ । जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई सवा १२ बजे अभिनन्दन गर्दैछ ।

तर, रंगभूमि मैदानमा विहानैबाट सार्वसाधारणको भीड लागेको छ । गाउँगाउँबाट मानिसहरु आएका छन् । प्रदेश २ का सबै स्थानीय तहले पनि बसमा जनता ल्याएका छन् । यसले भीड नियन्त्रण गर्न निकै मुस्किल भएको छ ।

सर्वसाधारणहरु चार–पाँच बजेदेखि नै रंगभूमि मैदानभित्र प्रवेश गर्नका लागि लाइन बसेका थिए ।