वैशाख २७, काठमाडौं ।
विप्लव नेत्तृत्वको नेकपाले कैलालीका दर्जनौं संस्थागत निजी विद्यालयमा बिहीबार तालाबन्दी गरेको छ ।
विभिन्न माग राख्दै नेकपाले जिल्लाभरका करीब १ सय विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
अन्य स्थानीय तहमा रहेका विद्यालयहरूमा पनि तालाबन्दी भएको छ ।
वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने, मापदण्डविपरीतका विद्यालय बन्द हुनुपर्ने लगायतका मागहरू पूरा नभएसम्म ताला नखोलिने चेतावनी दिएको छ ।
