राजश्व चुहावटको समस्यालाई न्युनीकरण गर्न स्थायी संयन्त्र निर्माणको तयारी

२६ बैशाख २०७५, बुधबार ०५:१५

वैशाख २६ , काठमाडौं ।

भन्सार नाकाबाट हुने राजश्व चुहावटको समस्यालाई न्यूनीकरण गर्न सरकारले स्थायी संयन्त्र निर्माणको तयारी गरेको बताएको छ ।

विभागका महानिर्देशक तोयम रायले भन्सार मूल्यांकन प्रक्रियालाई चुस्त र यथार्थपरक बनाउन ‘डाटाबेस’ प्रणालीलाई परिष्कृत गर्ने गृहकार्य अगाडि बढाइएको बताए ।

अब भन्सार मूल्यांकनको आधारका रुपमा रहेको ‘डाटाबेस’ प्रणालीलाई तीनरतीन महिनामा परिष्कृत गरिने उनले बताए । यसका लागि विज्ञ समूह गठन गरेर त्यसले तयार गरेको भन्सार ‘डाटाबेस’का आधारमा भन्सार मूल्यांकन गरिने बताए ।

आगामी साउन १ गतेदेखि नै यस्तो प्रणालीमा भन्सार मूल्यांकन गरिने उनको भनाइ छ ।

अहिले विश्वबजारमा दैनिकपिच्छे वस्तुको मूल्य तलमाथि भइरहेको हुन्छ, तर विभागले एउटै डाटाबेसका आधारमा ९ महिनासम्म पनि भन्सार मूल्यांकन गरिरहेको छ । यसले भन्सार मूल्यांकनमा सुधार हुने अपेक्षा विभागको रहेको बताइएको छ ।

ल्याउन लागिएको नयाँ प्रणालीले आयात गरिएको वस्तुको वास्तविक कारोबार मूल्य पहिचान गर्न सहयोग हुने विभागले बताएको छ ।

हाल कायम नै रहेका कानूनी व्यवस्थाको कार्यान्वयनमा चुस्तता ल्याउन र चुहावट रोक्न नयाँ ढंगबाट अघि बढ्न खोजेको विभागको भनाइ रहेको पाइन्छ ।