गीतकार पौडेलको “शुभकामना” बोलको गीत सार्वजनिक  (हेर्नुस् भिडीयो)

२५ बैशाख २०७५, मंगलवार १०:४०

वैशाख २५, काठमाडौं ।

गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बाशीलाई बोलको गीत सार्वजनिक भएको छ ।

यस गितलाई भावना म्यूजिकले वजारमा ल्याएको हो ।

पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन ।

 

साथै लिम्बु र लामालाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा साथ दिएका छन ।

 

ए वान म्यूजिसियन स्टुडियोमा रेकडिङ्ग भएको यस गितका एरेन्जर आमोश तामाङ्ग र रेकडिस्ट राजेश श्रेष्ठ रहेका छन् । गीतकार पौडेल र सङ्गीतकार गैरे शशस्त्र प्रहरी बलका वरिस्ठ प्रहरी अधिकृत हुन ।

 

​ देश संघियतामा गईसकेको अवस्थामा प्रदेशवासीलाई शुभकामना दिईएको यो गीतले शहर देखि गाँउ सम्मको सडक खानेपानी लगायतका विषयवस्तुहरुलाई उजागर गर्न खोजेको देखिन्छ भने विदेशिएका दाजुभाईहरुलाई समेत आफ्नै देशमा गरिखाने माहोल वनाई फिर्ता वोलाउनु पर्ने सन्देश दिन खोजेको छ ।

 

 (हेर्नुस् भिडीयो)