वैशाख २५, काठमाडौं ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए ।
घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।
