वैशाख २५, काठमाडौं ।
सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नब्यहोर्ने बताएका छन् । उनीहरुले बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न नसक्ने बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।’
उनले यातायात क्षत्रेमा व्यवसायीले उठाएका भाडा, रुट इजाजत, बसपार्क व्यवस्थापन, ई-टिकेटिङ लगायतका विषयमा एक महिनाभित्र प्रतिवेदन लिएर सरकारले उचित निर्णयहरु लिने बताए ।
