वैशाख २४, काठमाडौं ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबर लिग च्याम्पियन बार्सिलोना र रियल म्याड्रिडको खेल २/२ को बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै बार्सिलोनाले सिजनको अपराजित यात्रालाई कायम राखेको छ ।
खेलको १० औं मिनेटमा लुइस सुआरेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर क्रिस्टियानो रोनाल्डोले ४ मिनेटमै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको अन्तिम मिनेटमा सर्जी रोबर्टो रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए ।
१० खेलाडीमा सिमित बार्सिलोनाले ५२ औं मिनेटमा पुनस् अग्रता लिएको थियो । लिओनेल मेस्सीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्यारेथ बेलले खेलमा १८ मिनेट बाँकी हुँदा बराबरी गोल फर्काएका थिए ।
लिगको ३५ खेलमा बार्सिलोनाले ८७ तथा रियल म्याड्रिडले ७२ अंक जोडेको छ ।
