वैशाख २४, काठमाडौं ।
सरकारले पक्राउ गरेका सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायी रिहा भएका जनाइएको छ । आफ्ना सवारीसाधनलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिण्डिकेट नगर्ने कागजमा व्यवसायीले हस्ताक्षर गरेपछि प्रशासनले रिहा गरेको बताएको हो ।
यातायात व्यवसायीमध्ये देशका विभिन्न ठाउँबाट १६० जना पक्राउ परेको बताइएको छ । यातायात व्यवसायीले सिण्डिकेट अन्त्य गर्ने सरकारी निर्णयलाई समर्थन गरेको बताइएको छ ।
हिजो राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा व्यवसायीले आन्दोलन फिर्ता लिने र सरकारले ल्याएको नियममा उल्लेखित व्यवस्थाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
सरकार र व्यवसायीबीच भएका निर्णयहरू बारे जानकारी आज दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको बताइएको छ ।
