वैशाख २३, काठमाडौं ।
पाकिस्तानका दुई वटा कोइलाखानीमा ग्यास विस्फोट हुँदा १६ जनाको मृत्यु भएको बताइएको छ ।
छुट्टाछुट्टै भएको विस्फोटमा अन्य चार जना खानीमै फसेका पाइएको छ भने दर्जनभन्दा बढी घाइते भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा परी १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्दारकार्य जारी भइरहेको छ ।
त्यसैगरी स्पिन करिजको खदानमा भएको अर्को विस्फोटमा परेर मृत्यु भएका चार जनाको शव निकालिएको जनाइएको छ ।
अधिकारीहरुले सो स्थानमा अझै केही कामदार फसेको आशंकामा खोजी भइरहेको जनाएका छन् । घटनामा केही मजदूर घाइते भएको र उनीहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।