चितुवाको आक्रमणबाट बच्न जिल्ला वन कार्यालय भक्तपुरको अनुरोध

२० बैशाख २०७५, बिहीबार १२:०३
  • जंगलमा हिँड्दा चितुवाको पाईला वा गन्ध याद गर्ने । ताजा पाइला देख्नेबित्तिकै वा चितुवाको गन्ध थाहा पाउनसाथ सतर्क हुने ।
  • अन्य जनावरको संकेत (चित्तल, बाँदर वा चराहरुको आवाज) याद गर्ने । चितुवा वा बाघ देख्दा यिनीहरु कराउँछने गर्छन् ।
  • चितुवासँग जम्काभेट भयो हुँदा वा चितुवाबाट बच्नु रुख चढ्नु हँदैन । किनभने चितुवा रुख चढ्न सिपालु हुन्छ र अग्लो, ठूलो रुख पनि सजिलै चढ्छ ।
  •  चितुवासँग जम्काभेट भएको खण्डमा थपडी मारेर होहल्ला गरेर भगाउने ।
  •  जंगलको छेउछाउ बस्ने मान्छेले आफ्नो घरको झ्यालढोका रामरी बन्द गर्ने ।
  • साँझमा घर बाहिर नबस्ने साथै राति घरबाट बाहिर निस्कनै परे सतर्क भएर होसियारीपूर्वक निस्कने । आफ््ना केटाकेटीलाई साँझ अबेरसम्म बाहिर खेल्न नदिने ।
  • जंगल छेउछाउका क्षेत्रमा बस्नेहरुले साँझ एक्लै हिँडडुल नगर्ने । साँझको बेलामा चितुवाहरु शिकारको खोजीमा बढी सक्रिय हुने गर्दछन् ।
  • नरभक्षी चितुवा भएको क्षेत्र वरिपरी बस्ने बासिन्दाले घरको वरिपरी अग्लो घाँस, झाडी, बुट्यान नराख्ने । यस्तो झाडी बुट्यानमा चितुवा लुकेर बस्न सक्छ ।
  •  दिसा पिसाब गर्न जंगलमा नजाने ।
  • चितुवाले आक्रमण गरेको थाहा पाउना साथ नजिकका गाउँहरुमा खबर गरिदिने । साथै निकुञ्ज तथा आरक्ष कार्यालयमा पनि सक्दो छिटो खबर गर्ने ।
  • चितुवाको सिनो नचलाउने । आफ्नो सिनो खान आउँदा पाएन भने फेरी अर्काे घर पालुवा जनावर वा मानलाई आक्रमण गर्न सक्छ ।