निजी विद्यालयको शुल्कवृद्धि फिर्ता नहुने प्याब्सन अध्यक्ष साम्बाहाम्फेको भनाई

२० बैशाख २०७५, बिहीबार ११:२९

वैशाख २०, काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने दावी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेकाले निजी विद्यालयको शुल्क वृद्धि फिर्ता नहुने जनाएका हुन् ।

‘हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन्, विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ, हामीले नियम मानेका छांै, निर्देशिका कार्यान्वयन गरेका छौं’ उनले भने ।

एन-प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने बताए ।