नरेन्द्र मोदीका लागि प्रदेश २ का नेताहरु झाडु बोकेर सफाइमा

२० बैशाख २०७५, बिहीबार ०९:२०

वैशाख २०, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने भएपछि बिहीबार यहाँ बृहत सरसफाइ गरिएको छ ।


प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु सरसफाइमा सहभागी थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि अन्य मन्त्रीहरुले झाडु बोकेर जनकपुरको जानकी मन्दिर परिसरदेखि बाह्रविघा जाने सडक आसपाससम्म बढारेका हुन् ।

प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाइ गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाइ थालिएको छ ।

सफाइ कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सहभागी रहेको थियो ।

मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् ।