वैशाख १९, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेको जनाएको छ ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा आज सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको बताएको छ ।
