आज प्रदेश नं. ४ को बजेट सार्वजनिक हुँदै

१९ बैशाख २०७५, बुधबार ०८:५७

 

वैशाख १९, काठमाडौं ।

प्रदेश नं.४ ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि आज बजेट सार्वजनिक गर्ने बताइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभाको बैठकमा १ खर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्न लागेका बताएका छन् ।

उक्त बजेटमा पर्यटन, उर्जा, कृषि, वन, उद्योग, सडक र पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताइएको छ । बजेट विकासमुखी भन्दा पनि प्रशासनिक खर्चमा केन्द्रीत हुने बताइएको छ ।