वैशाख १९, काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिकाकी न्यायिक समितिकी संयोजक मुना अधिकारी नै श्रीमान्को कुटपिटबाट घाइते भएकी छन् ।
नगरपालिकाकी उपमेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनीमाथि कुटपिट गरेका हुन् ।
मंगलबार साँझ श्रीमान्को कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमान्विरुद्ध ठोडो उजुरी दिएकी छन् ।
श्रीमान्विरुद्ध उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले कुँवरलाई नियन्त्रणमा लिएर परिसरमा जिम्मा लगाएको थियो ।