सर्बाधिक धनराशीको टेलिभिजन रियालिटी शो हुने

२४ बैशाख २०७५, सोमबार ०८:३१

वैशाख २४, काठमाडौं ।

पहिलो पटक सर्बाधिक धनराशी पुरस्कार रहेको टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल-२०७५’ हुने भएको छ ।

सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुतिमा लोक आइडल हुन लागेको हो ।

 

आगामी साउन महिनादेखि सातै वटा प्रदेशमा छनोट प्रक्रिया शूरु गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

 

नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्द्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको आइडलका संयोजक जीवन पन्तले बताए ।

 

लोक संस्कृतिको आधारमा स्थानीय निर्णायकद्धारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गर्ने र ७० जनालाई राजधानीमा ल्याएर क्लास दिएर प्रतिपर्धामा उतार्ने आयोजकको तयारी रहेको छ ।