राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पतालमा भर्ना

७ जेष्ठ २०७५, सोमबार १०:५९

जेठ ७, काठमाडौं ।

९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे बिरामी परे पछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागी ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको पारिबारले बताएको छ ।

राष्ट्रकवि घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । घिमिरेका परिबारले भने राष्ट्रकविको आन्तरिक रक्तश्रावमा समस्या देखा परेको बताएको छ । घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् । बेलाबेला अस्पताल भर्ना नै गर्ने गरिएको थियो ।

 

 

पछिल्लो पटक उनी ७ र ८ दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । साथै आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।